विश्व नम्बर एक अलराउन्डर सकिबमाथि दुई वर्षे प्रतिबन्ध


१३ कार्तिक २०७६, बुधबार १३:३० मा प्रकाशित

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसीले) बंगलादेशका कप्तान तथा विश्व नम्बर एक अलराउन्डर सकिब अल हसनलाई दुई वर्षे प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

यो प्रतिबन्ध क्रिकेटको सबै फर्म्याटमा लागु हुने छ । यद्यपि, यसमा एकवर्षको सजाय निलम्बनमा राखिएको छ । आइसीसीको आधिकारिक वेबसाइटमा उल्लेख भएअनुसार साकिबले आइसिसी भ्रष्टाचार विरोधीसंहिताको उल्लंघन गरेको तीन आरोप स्वीकार गरेको उल्लेख छ । जसका कारण उनीमाथि यो प्रतिबन्ध लगाइएको हो । सकिबसँग सट्टेबाजहरुले म्याच फिक्सिङका लागि सम्पर्क गरेका थिए । तर, यसको जानकारी सकिबले आइसिसीलाई दिएका थिएनन् । प्रतिबन्धपछि सकिबले एक विज्ञप्ति जारी गर्दै भने, ‘मलाई यो कुराप्रति एकदम दुःख लागेको छ, जुन खेललाई म अत्याधिक माया गर्छु त्यही खेलमा प्रतिबन्ध लगाइएको छ, तर मलाई प्राप्त प्रस्ताबको जानकारी नदिनुको दोष स्वीकार्दै कारबाही स्वीकार्छु । भ्रष्टाचारविरुद्धको लडाइका लागि आइसिसीको भ्रष्टचारविरोधी निकाय खेलाडीप्रति विश्वस्त छ, तर मैले यो भूमिकामा आफुलाई खरो उतार्न सकिनँ ।’

एकवर्षपछि फुकुवाको सम्भावना

सकिबले आइसिसी समक्ष सबैकुराहरु प्रस्टसँग भनेको र कारबाहीलाई पनि आफुले स्वीकार्ने निर्णय गरेपछि आइसीले उनीमाथि दुई वर्षको सजाय सुनाए पनि एक वर्ष निलम्बन गरेको छ । त्यसैले आइसीले २९ अक्टोबर २०२० बाट उनको प्रतिबन्ध पूर्ण रुपमा फुकुवा गर्ने सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here