बार्सिलोनाको प्रभावसाली जीत, शीर्ष स्थानमा फर्कियो


१३ कार्तिक २०७६, बुधबार १२:३१ मा प्रकाशित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले प्रभावसाली जीत निकाल्दै शिर्ष स्थानमा फर्किएको छ ।

मंगलबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ५–१ ले पराजित गर्दे शिर्ष स्थानमा फर्किएको हो । बार्सिलोनाको घरेलु मैदानमा नउक्याम्पमा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन कप्तान लियोनल मेसीले दुई गोल गर्दा, लुइस स्वारेज, क्लेमेट लंग्लेट र अर्टुरो भिडालले एक एक गोल गरेका थिए । भालाडोलिडका लागि किको ओलिभासले एक गोल फर्काएका थिए । बार्सिलोनाले खेल सुरु भएको दोस्रो मिनेटमानै लंन्ग्लेटले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको १५ औं मिनेटमा भालाडोलिडका किकोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । २९ औं मिनेटमा भिडालले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रतामा पुर्‍याउन सफल भए ।

पहिलो हाफमानै तीन गोल गर्ने क्रममा ३४ औं मिनेटमा मेसीले फ्रिकीक मार्फत आकर्षक गोल गरे । उनको यो ५० औं फ्रिकीक गोल हो । उनले क्लबका लागि ४४ औं गोल हो भने अर्जेन्टिनाबाट उनले ६ फ्रिकीक गोल गरेका छन् । ७५ औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाले ४–१ को अग्रता बनायो । त्यसपछि खेलको ७७ औं मिनेटमा स्वारेजले गोल गर्दा बार्सिलोना ५–१ ले बिजयी भयो । जितसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । उसको १० खेलबाट २२ अंक जोडेको छ । पराजित भालाडोलिड ११ खेलमा १४ अंक जोडेर नवौं स्थानमा छ । अर्को खेलमा एट्लेटिको मड्रिड र डिपोर्टिभो अल्भेसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here