कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकीबाट सेवाग्राहीसँग घुसको रकम लिँदै गर्दा एकजना प्रहरी जवानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुसको रकम लिँदै गर्दा प्रहरी जवान दीपक चौधरी पक्राउ परेका हुन् । भारतबाट आएका सेवाग्राहीबाट कम भन्सारमा सामान लैजानका लागि मिलाउने भनेर घुसको रकम लिँदै गर्दा प्रहरी जवान चौधरीलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर बिष्टले बताए ।
पक्राउ परेका चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए । चौधरी इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत रहेका छन् ।





