चाबहिलमा पुरानो घर भत्काउनेक्रममा दुईजना घाइते


६ कार्तिक २०७६, बुधबार १६:४५ मा प्रकाशित

काठमाडौं । चाबहिलस्थित केएल टावरनजिकै पुरानो घर भत्काउनेक्रममा बुधबार एक्कासि संरचना खस्दा दुईजना घाइते भएका छन् ।

घर भत्काउने काम गर्ने मजदुर रामबहादुर कुँवर र नजिकैको खाजाघरमा काम गर्ने जीवन मगर घाइते भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । दुवैजनाको मित्रपार्कस्थित दीर्घायु गुरु अस्पतालमा उपचार भइरहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले राससलाई जानकारी दिए ।

घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । एकजनाको आकस्मिक र एकजनाको सघन उपचारकक्षमा उपचार भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here