पाँचथर फुटबल क्लबलाई हराउँदै आयोजक डाँगीहाट सेमिफाईनलमा


६ कार्तिक २०७६, बुधबार १८:३५ मा प्रकाशित

मोरङ । मोरङको भाउन्नेमा जारी तेस्रो डाँगीहाट गोल्डकपमा पाँचथर फुटबल क्लबलाई हराउँदै आयोजक डाँगीहाट फुटबल क्लब (रातो) सेमिफाईनलमा प्रवेश गरेको छ ।

बुधबार भएको अन्तीम क्वाटर फाईनल खेलमा आयोजकले पाँचथर फुटबल क्लब पाँचथरलाई २–० गोल अन्तरले हराउदैँ विजयी भएको छ । आयोजकका दिपक राई र अव्दुल्हा हेनीले १–१ गोल गरे । निक्कै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफ गोल रहितमा सकियो । पहिलो हाफमा दुवैतर्फका टिमले पटक पटक पाएको अवसर सदुपयोग गर्न सकेनन् ।

खेलको ५९ औँ मिनेटमा योगेश गुरुङको पासमा दिपक राईले पहिलो गोल गरेर आयोेजक टिमका लागि खाता खोले । राईले गरेको गोलको ३ मिनेट बित्न नपाउदै पाँचथर फुटबल क्लबको कमजोरीको फाइदा उठाउदै आयोजकका अव्दुल्हा हेनीले अर्को गोल गरे । ६१ औं मिनेटमा हेनिले गरेको गोलले आयोजकलाई सहज बनायो । खेलको म्यान अफ द म्याच आयोजकका दिपक राई घोषित भए । उनले नगद रु ५ हजार पुरष्कार पाए । बिहिबार चर्च ब्याईज युनाईटेड काठमाण्डौँ र ब्याईज युनियन काठमाण्डौँ बिच पहिलो सेमिफाईनल खेल हुनेछ । बेलबारी नगरपालिका–१० भाउन्नेमा जारी गोल्डकप १० गतेसम्म संचालन हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here