झापा । झापाको बिर्तामोडमा ‘शास्त्रीय गजल साँझ’ हुने भएको छ । तिहार तथा छैट पर्वको अवसर पारेर सेल्फी मिडिया प्रा.लिको आयोजनामा गजल साँझ हुने भएको हो ।
आदर्श व्याङ्क्वेटको सभाहलमा यहि कात्र्तिक ८ गते (शुक्रबार) हुने गजल साँझमा गायक सुशील गड्तौलाको एकल प्रस्तुती रहने छ । विगत एक दशक देखि गायनको क्षेत्रमा रहेका गड्तौला शास्त्रीय संगीतमा प्रख्यात छन् । उनी गत वर्ष आयोजना भएको ‘भ्वाइस अफ नेपाल’ सिजन १ का कडा प्रतिष्पर्धीको रुपमा समेत रहेका थिए । गड्तौलाको ‘पहिलो माया’ लगायतका दर्जनौ गीतहरु चर्चित छन् ।
म्युजिक भिडियो, डकुमेन्ट्री, सर्ट मुभी लगायत विभिन्न प्रकारका कार्यक्रमहरु उत्पादन गर्दै आएको सेल्फी मिडिया प्रा.लि ले आगामी दिनमा गीत संगीत तथा मनोरञ्जनका क्षेत्रमा राष्ट्रीय स्तरका कार्यक्रमहरु समेत गर्दै जाने निर्देशक सुन्दर लावतीले जानकारी दिए ।





