जाजरकोट । बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाउँ कमिटिको सपथ ग्रहण कार्यक्रममा हिँडेका नेतामाथि आक्रमण भएको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले नलगाड नगरपालिका खारा र बारेकोट गाउँपालिका–८ लैखमको बीचको उकालोमा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश कमिटी सदस्य डम्बर सिंहमाथि आक्रमण भएको हो । आक्रमणमा प्रदेशसदस्य सिंहलाई धेरै चोट लागेको आचार्यले जानकारी दिए । विप्लवका कार्यक्रताले दुवै नेताको मोबाइल फोन पनि कब्जामा लिएका जनाइएको छ ।
विप्लवका कार्यकर्ताले विद्युतीय धराप राखेको भन्दै खच्चड व्यवसायीलाई नलगाड–कालीमटीबाट–लेखमसम्मको बाटोमा हिँड्न दिएका छैनन् । प्रहरीले आक्रमणकारीको खोजी तीव्र पारेको छ । बुधबार लिम्सामा हुने भनिएको कार्यक्रमसमेत अवरुद्ध भएको छ ।





