डोजर चालकविरुद्ध ज्यानमार्ने मुद्दा


६ कार्तिक २०७६, बुधबार १२:०१ मा प्रकाशित

बैतडी । डोजरले स्थानीय महिलालाई आक्रमण गर्ने बैतडीका डोजर चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका–९ मा स्थानीय गौरी जोशीलाई डोजरले हुत्याउने चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता हो । महिला हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक किशोर बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । ‘मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेका छौ। ’उनले भने ‘जिल्ला अदालत बैतडीबाट १० दिनको म्याद थपेर बोहरामाथि अनुसन्धान भइरहेको छ।’ बोहरालाई लागेको आरोप पुष्टिमा भएमा कानुन अनुसार कारवाही हुन्छ ।

दशरथचन्द नगरपालिका वडा नं ९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा सोमवार झडप भएको थियो । झडपका बेला सडक रोक्नुपर्छ भन्ने पक्षका गौरी जोशीलाई डोजरले हुत्याएको थियो । जोशीलाई डोजरले हुत्याउदा गौरी गम्भीर घाइते भएकी छन् । उनको अहिले कोहलपुर अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here