खैरो हिरोइनसहित दुईजना पक्राउ


६ कार्तिक २०७६, बुधबार ११:४० मा प्रकाशित

कञ्चनपुर । भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारबाट दुईजना लागुऔषधसहित पक्राउ परेका छन् ।

प्रहरीको लागुऔषध ब्युरोको टोलीले विशेष सूचनाको आधारमा छापा मार्दा भारतको उत्तरप्रदेश पिलिभित मोहल्ला झण्डावाला घर भै महेन्द्रनगरमा बस्दै आएका ४७ वर्षीय विनोद बर्मालाई २३० मिलिग्राम खैरो हिरोइनसहित मंगलबार पक्राउ गरेको हो । बर्मा बस्दै आएको कोठाबाट खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक किशनानन्द भट्टले बताए ।

उनका अनुसार भीमदत्त नगरपालिका–४ का ६० वर्षीया जानकी धामीलाई समेत १५५ ग्राम चरेशसहित पक्राउ गरिएको छ । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी अनुसन्धान भैरहेको प्रहरी निरीक्षक भट्टले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here