राष्ट्रपति भण्डारी आज स्वदेश फर्किँदै


६ कार्तिक २०७६, बुधबार ११:२० मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई बुधबार स्वदेश फिर्ती कार्यक्रम रहेको छ ।

उनी बुधबार बिहान टोकियोको हानेबा विमानस्थलबाट नेपाल प्रस्थान गरिसकेकी छन् । राष्ट्रपति भण्डारीलाई हानेबा विमानस्थलमा जापानी विदेशमन्त्रीका विशेष सहायक मासासी ओगावा, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा जापानस्थित नेपाली दूतावासका अधिकारीहरुले बिदाइ गरेको भ्रमण दलमा रहेका अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति भण्डारीका साथमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here