शुक्रबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ घट्यो


१ कार्तिक २०७६, शुक्रबार ११:३६ मा प्रकाशित

काठमाण्डौ । शुक्रबार कोरियन वन बाहेक अरु सबै विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११४ रुपैयाँ १७ पैसा तोकेको छ । बिहीबार यसको १ को खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ५० पैसा थियो । यस्तै आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २८ पैसा बिक्रीदर ३० रुपैयाँ ४४ पैसा पुगेको छ । हिजो यसको १ को खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा पुगेको छ । बिहीबार यसको खरिददर ३१ रुपैयाँ ३१ पैसार बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा थियो । यस्तै शुक्रबार ओमानी रियालको भाउ पनि घटेको छ । आज ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ७५ पैसा पुगेको छ । हिजो यसको १ को खरिददर २९८ रुपैयाँ ५७ पैसा रहेको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९२ पैसा पर बिक्रीदर ३१ रुपैयाँ ८ पैसा तोकेको छ । बिहीबार यसको १ को खरिददर ३१ रुपैयाँ ४ पैसा बिक्रीदर ३१ रुपैयाँ २० पैसा थियो । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा र बिक्रीदर २७ रुपैयाँ ३१ पैसा पुगेको छ । हिजो यसको खरिददर २७ रुपैयाँ १८ पैसा र बिक्रीदर २७ रुपैयाँ ३२ पैसा थियो । शुक्रबार कोरियन वनको भाउ भने केही पैसाले बढेको छ । आज कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा तोकेको छ । बिहीबार यसको एकसयको खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७६ रुपैयाँ २२ पैसा तोेकेको छ । बिहीबार यसको खरिददर ३७५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३० पैसा रहेको थियो । यस्तै बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ७८ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३०२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३०३ रुपैयाँ ९९ पैसा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here