कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको हो । नवलपरासीपूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१० मजुवाखोलाबाट प्रहरीले विप्लव समूहका जिल्ला सदस्य ३५ वर्षीय गणेश बिक र २६ वर्षीय गोविन्द बिकलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वमा राखी थप अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।





