कपिलवस्तु । कपिलवस्तु नगरपालिका– २ को वगरगदवा गाउँमा सञ्चालित जुवा खालमा प्रहरीले बिहीबार राति छापा मारी १४ जुवाडे पक्राउ गरेको छ ।
जुवा खालबाट प्रहरीले ३ लाख ५० हजार नगद बरामद गरेको जनाएको छ । प्रहरीले बिहीबार राति करीब १२ बजेको समयमा वरगदवा गाउँका स्थानीय कानु कहारको घरमा सञ्चालित जुवा खालमा छापा मारेको थियो । लाखौँ रुपैयाँ हार जित हुने ढंगबाट संस्थागत जुवा संचालन भइरहेको खबर प्राप्त भएपछि प्रहरीले छापा मारेको प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल मल्लले बताए । पक्राउ परेका १४ जनाविरुद्ध प्रहरीले मुद्धा चलाउने तयारी गरेको छ ।





