लघु चलचित्र ‘मिशन बिर्तामोड’ को प्रिमियर शो झापाको बिर्तामोडमा हुने


३० आश्विन २०७६, बिहीबार २०:२० मा प्रकाशित

झापा । लागूऔषध दुव्र्यसन विरुद्ध निर्माण भएको लघु चलचित्र ‘मिशन बिर्तामोड’ को प्रिमियर शो झापाको बिर्तामोडमा हुने भएको छ ।

स्थानीय कलाकारहरुको अभिनय रहेको लघु चलचित्र मिशन बिर्तामोडको प्रिमियर शो कार्तिक २ गते ११ः३० बजेवाट अतिथिसदनमा हुने चलचित्र टिमले बिहीबार पत्रकार भेटघाट गरी जानकारी दिएको हो । चलचित्रमा लागू औषध तथा दुव्र्यसनका नकारात्मक तथा सकारात्मक पक्ष समेटीएको चलचित्रका निर्माता राजन थापाले बताए । चलचित्र बिर्तामोड इन्टरटेन्टमेन्ट प्रालिको ८ लाख रुपैयाँको लगानीमा निर्माण भएको बताएको छ ।

राज सुब्वाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र एकघण्टा २९ मिनेटको रहेको बताइएको छ । चलचित्रमा राजन थापा, रमेश बोहोरा, कृष्ण तामाङ, प्रताप सुनुवार, राज शेर्मा लगायतको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here