गृहमन्त्री रामबहादुर थापा र पर्यटनमन्त्री योगेश भट्टराईको पुत्ला दहन


३० आश्विन २०७६, बिहीबार १९:१४ मा प्रकाशित

धनुषा । सांसद प्रमोद साहको रिहाईको माग गर्दै राजपा नेपाल धनुषाले गृहमन्त्री रामबहादुर थापा बादल र  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईैका पुत्ला दहन गरेको छ ।

जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा केही दिनअघि पक्राउ परेका सांसद साहको रिहाईको माग गर्दै मन्त्रीहरुको पुत्ला दहन गरिएको हो । त्यस्तै राजपाले सप्तरीको सदरमुकाम राजविराजमा पनि गृहमन्त्री थापाको पुत्ला दहन गरेको छ ।  यता, वीरगञ्जमा पनि राष्ट्रिय जनता पार्टी नेपाल निकट विद्यार्थी संगठनले पनि सांसद साहको रिहाईको माग गर्दै टायर बालेर विरोध प्रदर्शन गरेको छ ।

सो पार्टीको विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघ पर्साले ठाकुरराम बहुमुखी ठाकुरराम बहुमुखी क्याम्पस अगाडि  टायर बालेर बिरोध प्रदर्शन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here