नेकपाका सांसद पार्वत गुरुङ विरुद्ध पक्राउ पूर्जी जारी


२९ आश्विन २०७६, बुधबार १८:२८ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङ विरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ ।

दोलखाका वीरध्वज खड्काले आफुमाथि २०७४ बैशाखको स्थानीय चुनावलगत्तै काठमाडौंको गौशालामा ज्यान मार्ने उदेश्य सहित भएको आक्रमणमा उनको पनि संलग्नता भएको भन्ने उजुरीको अनुसन्धानको क्रममा उनि दोषी हुनसक्ने देखिएपछि  पक्राउ पुर्जी जारि भएको बताइएको छ ।

प्राप्त जानकारी अनुसार सांसद गुरुङको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले गुरुङसमक्ष तामेल गरेको छ । सां‌सद गुरुङसमेतको संलग्नतामा आफूमाथि आक्रमण भएको भन्दै खड्काले महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here