मुस्कानलाई भेट्न कीर्तिपुर अस्पताल पुगे पारस


२९ आश्विन २०७६, बुधबार १६:३० मा प्रकाशित

काठमाडौं । हिजोमात्रै नेपाली क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका पारस खड्का तेजाव आक्रमणबाट घाइते मुस्कान खातुनलाई भेट्न कीर्तिपुर अस्पताल पुगेका छन् ।

कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कानलाई भेटेपछि पारसले पीडकलाई सरकारले कडा कारबाही गर्नुपर्ने समेत गरेका छन् । उनले भनेका छन्, ‘मुस्कानको ओठमा मुस्कान नटुटोस्। मुस्कुराउने हिम्मत प्राप्त भइरहोस् ।’ सामाजिक सञ्जाल ट्विटरमा तस्बिर सार्वजनिक गरेका पारसले आफूहरु सबै मुस्कानको पक्षमा रहेको उल्लेख गरेका छन् । मुस्कानलानई भेट्न क्रिकेटर सोमपाल कामी पनि कीर्तिपुर अस्पताल पुगेका छन् । नौ कक्षामा अध्ययनरत वीरगञ्जकी १४ वर्षीया मुस्कान खातुनमाथि भदौ २० गते आफ्नै घर नजिकै दुई युवाले तेजाव आक्रमण गरेका थिए ।

तेजावले उनको अनुहार, हात र छातीमा गहिरो चोट लागेको छ । अनुहारको एउटा पाटो पुरै डढेको छ । यसअघि चर्चित गायक राजु लामाले कीर्तिपुर अस्पतालमै पुगेर मुस्कानलाई भेटेका थिए । भारतीय कलाकारहरू वरूण धवन र कृति सेननले पनि मुस्कानलाई सन्देश पठाएर हौसला बढाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here