झापा । प्रदेश–१ प्रहरी कार्यालयमा आज आयोजित ६४ औं प्रहरी दिवसको अवसरमा सूर्योदय टेलिभिजनलाई सम्मान गरिएको छ ।
आम नागरिकहरुलाई शुसुचित पार्न टेलिभिजन मार्फत प्रहरी अनुरोध कार्यक्रम प्रसारण गर्ने कार्यमा पुर्याएको अतुलनिय योगदानको कदर गर्दै सम्मान गरिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले टेलिभिजनका प्रतिनिधि एवम कार्यक्रम प्रस्तोता लक्ष्मी उप्रेतीलाई प्रशंसा पत्र प्रदान गरेका हुन् ।
सुर्योदय टेलिभिजनका प्रमुख मनोज उप्रेतीको नामांकित प्रशंसा पत्र टेलिभिजनका प्रतिनिधि उप्रेतीले ग्रहण गरेका थिए । सुर्योदय टेलिभिजनले विगत ३ बर्ष देखी १ नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरको सहकार्यमा प्रहरी कार्यक्रम प्रसारण गर्दै आएको छ ।





