बर्दिवास । महोत्तरीको बर्दिवासमा रहेको होटल शिशमहलमा शुक्रकबार नगरको उप प्रमुखलाई खान दिएको खाजा (चाउमिन) बासि र सडेको भेटिएको छ ।
होटलमानगर बाल संजालको आयोजना, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा सामुदायीक परिवार संघ महोत्तरीको साझेदारिमा बालिका दिवसको अवसर पारेर गरेको बालिकासंरक्षन सम्बन्धीसाझा सम्वाद कार्यक्रममा बर्दिवस नगरपालिकाकी उप प्रमुख कृष्णमाया गौतमलाई खान दिएको खाजा, चाउमिन बासी तथा सडेको भेटिएको उप प्रमुख गौतमले बताईन । उनले खाजा खान लाग्दा चाउमिन दुर्गधित र ल्यास्स परेको भेटेपछी खाजा नखाई उप मेयर लगायत बाल बलिका र अन्य सहभागी कायक्रमबाट बाहिरीएका थिए ।
उप प्रमुखको संयोजकत्वमा नगरपालिकाले चाडपर्वलाई लक्षित गरि बजार अनुगमन गरेपनी त्यसको प्रभावकारिता खासै नदेखिएको घटनाले पुस्टि गर्दछ । घटनाको विषयमा उप प्रमुखले सत्य तथ्य छानबिन गरी दोषी ठहरीए ३ दिन भित्र कडा कारवाही गरीने बताईन । यसैगरि अखाद्य बस्तु विक्री गर्ने हाटल शिश महलका संचालक दिपेन्द्र पराजुली राट्रिय उपभोक्ता मंन्च महोत्तरीका अध्यक्ष हुन, उनी बर्दिवास नगरपालिकाको बजार अनुगमन समितीका सदस्य पदमा समेत रहेका छन ।





