सिन्धुपाल्चोक दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या १२ पुग्यो, ११ मृतकको सनाखत


२४ आश्विन २०७६, शुक्रबार १५:३४ मा प्रकाशित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा भएको यात्रु बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । ६० जनाभन्दा धेरै घाइते भएका छन् ।

गम्भीर घाइते भएका १३ जनालाई काठमाडौं ट्रमा सेन्टरमा उपचारको लागि पठाइएको र ५१ जना धुलिखेल अस्पतालमा उपचार गराइएको सिन्धुपाल्चोकको डिएसपी माधव काफ्लेले जनाकारी दिए । उनका अनुसार अहिलेसम्म मृतक ११ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा ६ जना पुरुष, ४ जना महिला र १ जना बालकको सनाखत भएको उनले बताए । सनाखत हुनेहरूमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी संगीता पुरकोटी, इन्द्रवती–९ का हीरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका–१० का रितेश आचार्य छन् ।

अन्य मृतकहरू जुनादेवी लम्साल, सुभाष अधिकारी, गणेश तामाङ, मीना मगर, रितेश आचार्य रहेका छन् । एक बालक सुमित पुर्कुटीको पनि सनाखत भएको छ । बा २ ख २७१५ नम्बरको बस क्षमताभन्दा धेरै यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ बस दुर्घटनास्थलमा पुगी घाइतेहरूको अवस्था बुझ्न अस्पताल पुगेका छन् । उद्धार र उपचारमा कमी हुन नदिन उनले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here