पाँचथरको याङवरबाट कर्तव्य ज्यान घटनाका ३ जना अभियुक्त पक्राउ


२४ आश्विन २०७६, शुक्रबार १५:२२ मा प्रकाशित

पाँचथर । केहि दिन अघि हत्या गरिएको पाँचथरको याङवरको दुवै कर्तव्य ज्यान घटनाका ३ जना अभियुक्तहरु पक्राउ परेका छन् ।

गत असोज १६ गते राती याङवरकको २ नं वडा स्थित सिलसिले भन्ने स्थानमा स्थानीय ३८ वर्षीय रामलाल कार्कीलाई हत्या गरी फरार रहेका याङवरक वडा नम्बर ३ बस्ने २३ वर्षीय रन बहादुर सेलिङ पक्राउ परेका हुन् । अभियुक्तलाई खोजतलास गर्ने क्रममा प्रहरी निरीक्षक रोमनराज अर्यालको नेतृत्वमा गएको टोलीले फिदिम १ स्थित बजारमा लुकीछिपी बसेको अवस्थामा बिहिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताए ।

यसै गरी असोज २२ गते याङवरक गाँउपालिका वडा नं. ६ स्थित खल्ले भन्ने स्थानमा फुपाजुको हत्या गरी फरार रहेका दुई अभियुक्तलाई समेत बिहिबार नै पक्राउ गरेको छ । याङवरक ६ बस्ने ४० वर्षीय अर्जुन मावोलाई धारिलो हतियार (खुकुरी) प्रहार गरी कर्तव्य गर्ने अभियुक्त द्वय याङवरक ६ बस्ने वर्ष २० को बुद्धिराज योङहाङ र वर्ष १७ को आईतराज भन्ने तान्छोङ योङहाङलाई प्रहरी निरीक्ष अनिल कुमार पौडेलको कमाण्डमा खटिएको टोलीले सोही वडाको फरक फरक स्थानमा लुकिछिपि बसेको अवस्थामा सोहि दिन पक्राउ गरेको हो । दुवै घटनाका प्रतिवादिहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक अनिल पौड्यालले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here