काठमाडौं । आयोजक सिंगापुरसहित नेपाल र जिम्बावे समिलित त्रिकोणात्मक सिरिज टेस्ट राष्ट्र जिम्बावेले जितेको छ ।
सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा बिहीबार राति भएको खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै जिम्बावेले सिरिज जितेको हो । इन्डियन एसोसियसनको मैदानमा सिंगापुरले दिएको १ सय ६८ रनको लक्ष्य जिम्बावेले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो । जिम्बावेका लागि पिटर मुरले ९२ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै टोनी मुन्योगाले ४४ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । सिंगापुरका लागि सुरेन्द्ररन चन्द्रमोहनले ६६ रनको अर्धशतकीय इनिंस् खेले । टिम डेभिडले ४७ रन बनाए । जिम्बावेका डेनील जिकेलले २ विकेट लिए । जितसँगै जिम्बावेले ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थान हासिल गर्दै सिरिजमा कब्जा जमाएको हो । सिरिजमा ३ अंक जोडेको नेपाल दोस्रो भयो । आयोजक सिंगापुर ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।





