भारतको मध्य प्रदेशस्थित रिवामा रहेको महात्मा गान्धीको अस्तु चोरी


१७ आश्विन २०७६, शुक्रबार १२:०३ मा प्रकाशित

काठमाडौं । भारतको मध्य प्रदेशस्थित रिवामा रहेको महात्मा गान्धीको अस्तु चोरी भएको छ ।

महात्मा गान्धीको १५० औं जन्मजयन्ती मनाइरहेका बेला दुई दिनअघि अस्तु चोरी भएको त्यहाँको राज्य प्रहरीले पुष्टि गरेको छ । सन् १९४८ मा गान्धीको अस्तुको केही भाग रिवास्थित बापू भवनमा राखिएको थियो । गान्धीको अस्तु चोरी भएको ठाउँमा उनको तस्बिरमाथि पनि दुव्र्यवहार भएको अधिकारीहरुले जनाएका छन् । तस्बिरमा केरमेट गरेको र देशद्रोही लेखेको पाइएको बीबीसीले जनाएको छ । रिवास्थित बापू भवनको रेखदेख गरिरहेका मंगलदीपले घटना लज्जास्पद भएको बताएका छन् । उनले महात्मा गान्धीको जन्मजयन्ती भएकाले आफूले विहानै भवनको ढोका खोलेर छोडेको र पछि गान्धीको अस्तु हराएको तथा तस्बिरमा दुरव्यवहार भएको थाहा पाएको बताए ।

गान्धीले भारतबाट व्रिटिश शासन अन्त्य गर्न अहिंसात्मक आन्दोलनमार्फत् नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । तर भारतमा एक समूहले गान्धीलाई हिन्दु विरोधीका रुपमा प्रचार गर्दै आएको छ । उनको सन् १९४८ जनवरी ३० मा नाथुराम गोड्सेले हत्या गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here