जनकपुरधाम । नलकटुवा पेस्तोलसहित धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको परिकौली घर भएका २० वर्षीय आनन्द पाठक रहेका छन् । विशेष सुरक्षा योजनाअन्तर्गत चेकजाँचका क्रममा जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियाबाट पाठकलाई एक थान नलकटुवा पेस्तोलसहित पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए । उनले पाठकमाथि आवश्यक अनुसन्धान भइरहेको पनि बताए ।





