झापा । गोर्खा फाउण्डेशन बिर्तामोडले झापा धुलावारीका प्रणित पुडासैनी र बिर्तामोडका सरोज खरेललाई सद्भावना दुत नियुक्त गरेको छ ।
फाउण्डेशनले ड्रिम्स वल्र्ड इन्टरटेन्टमेन्टका प्रबन्ध निर्देशक पुडासैनी र कार्यकारी निर्देशक खरेललाई २०७७ असोज मसान्त सम्मका लागि सद्भावना दुतको रुपमा नियुक्त गरेको बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ । गोर्खा फाउण्डेशनका प्रबन्ध निर्देशक र सद्भावना दुत बिच बुधबार सम्झौता भएको हो । मोफसलमा रहेर मनोरञ्जनको क्षेत्रमा ख्याती कमाइरहेका पुडासैनीले हालै वेस्ट फेसन कोरियोग्राफरको अवार्ड समेत जितेका छन् ।
बिर्तामोडमा ड्रिम्स वल्र्ड स्थापना गरेर विभिन्न प्रतियोगिता गर्दै आएका पुडासैनी र खरेललाई सद्भावना दुत नियुक्त गर्न पाएकोमा फाउण्डेशनका प्रबन्ध निर्देशक वीर बहादुर दर्नालले गौरव महशुस भएको जानकारी दिए । सद्भावना दुतलाई वार्षिक रुपमा १ लाख ५० हजार उपलब्ध गराउने गरी भएको सम्झौतामा दुतले फाण्डेशनले सञ्चालन गरिरहेको गोर्खा टेलरिङको प्रमोट गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । गोर्खाबाट उत्पादित पोशाकको प्रवद्र्धन गनुपर्ने र ड्रिम्सको हरेक प्रतियोगितामा गोर्खा स्वतः प्रमोटरको रुपमा राख्नुपर्ने सम्झौता भएको छ ।





