झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले नजिकिँदै गरेको चार्ड पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेको छ ।
वडा दशैं, शुभदिपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा पत्रकारसहित राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुइँटेलले शुभकामना दिँदै पत्रकारितामा लगनशिल भएर लाग्ने हो भने सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउन गाह्रो नहुने बताए ।
कार्यक्रममा नेकपा झापाका कार्यालय कमिटी सदस्य प्रेम गिरी, नेपाली काङ्ग्रेस झापाका सभापती उद्वब थापा, राप्रपाका जिल्ला सचिव केशव ओझा, बिर्तामोड नगरपालिका प्रमुख ध्रुव कुमार शिवाकोटी, पत्रकार महासंघ प्रदेश १ का महासचिव विवेक गौतम, अग्रज पत्रकार चन्द्र भण्डारी, पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणी सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले पछिल्लो समय सोसल मिडियाले गर्दा पत्रकारीतामा विकृति फैलिएकोप्रति चिन्ता व्यक्त गरेका थिए ।





