बौद्धस्तुपा क्षेत्रमा देखिएको विवाद अध्ययन गर्न समिति गठन


१५ आश्विन २०७६, बुधबार १३:४८ मा प्रकाशित

काठमाडौं । बौद्धस्तुपा क्षेत्रमा देखिएको विवाद अध्ययन गर्न समिति गठन बौद्धस्तुपा क्षेत्रमा देखिएको विवाद समाधानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरिएको छ ।

बुधबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पदमा कुमारी अर्याल, मन्त्रालयका पदाधिकारी हितको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले बौद्धनाथ क्षेत्र विकास समिति,बौद्ध तामाङ कल्याण गुठी, बौद्ध-मेलम्ची घ्याङ्ग गुठीबिचको विवाद अन्त्यका लागि सहजीकरण गर्न समिति बनाइएको हो । साथै ती संस्थाहरुको विवाद अध्ययन गरि दीगो समाधानका लागि उपयुक्त सुझावसहितको प्रतिवेदन पेश गर्न सहसचिव  तामाङको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवाल, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव निरज पौडेल, गुठी संस्थानका उपप्रशासक हरिप्रसाद श्रेष्ठ सदस्य रहेका छन् । समितिको कार्य शर्त पर्यटन मन्त्रालयले बनाउने निर्णय बैठकले गरेको छ । बौद्धनाथ स्तुपा क्षेत्रमा केही दिनअघि दुई पक्षबीच झडप भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here