संसद सचिवालयले टाँस्यो प्रतिनिधि सभाको सभामुख पद खाली भएको सूचना


१५ आश्विन २०७६, बुधबार १४:०७ मा प्रकाशित

काठमाडौं । संसद सचिवालयले प्रतिनिधि सभाका सभामुख पद खाली भएको सूचना टाँसेको छ ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेको निर्देशनमा संसद सचिवालयले मंगलबारदेखि नै सभामुख पद खाली भएको जानकारी गराएको हो । ‘सम्माननीय सभामुख कृष्णबहादुर महराले यही असोज १४ गते ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि राजीनामा दिएको छु’ भनी प्रतिनिधि सभाको सभामुख पदबाट राजीनामा दिनुभएकोले माननीय उपसमाभुखज्युको आदेश अनुसार प्रतिनिधिसभा नियमावली २०७५ को नियम २११ को उपनियम (२) बमोजिम यो सूचना प्रकाशन गरिएको छ’, संसद सचिवालयले बुधबार निकालेको सूचनामा भनिएको छ ।

सभामुख कृष्णबहादुर महरामाथि आइतवार राति संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि उनले मंगलबार पदबाट राजीनामा दिएका छन् । नेकपाले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here