चितवन । जिल्ला कारागार भरतपुरमा रहेका एक कैदीको मृत्यु भएको छ । धादिङ गजुरी गाँउपालिकाका ३६ वर्षीय साइँला भनिने राजकुमार राईको मृत्यु भएको कारागारले जनाएको छ ।
राई कलेजोका क्यान्सर पीडित रहेका थिए । उनलाई केन्द्रीय कारागार काठमाडौंबाट उपचारका लागि असोज २ मा चितवन ल्याइएको थियो । राईको उपचारकै क्रममा सोमबार राति १२ बजे बिपी कोइराला मेमेरियल क्यान्सर अस्पतालमा मृत्यु भएको कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए । राईले जबरजस्ती करणी मुद्दामा २०७३ सालमा ६ वर्षको कैद सजाय पाएका थिए । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
चितवन काराकारमा २०७६ वैशाखयता तीनजना कैदीको मृत्यु भइसकेको छ । गत जेठ ३ मा सरिता थिङ्ग र असार ७ मा भरतबहादु थापा मगरको क्यान्सरकै कारण मृत्यु भएको थियो ।





