इजिप्टमा एक हजार प्रदर्शनकारी पक्राउ


८ आश्विन २०७६, बुधबार २२:३६ मा प्रकाशित

इजिप्ट । इजिप्टमा भएको प्रदर्शनबाट एक हजारभन्दा बढी प्रदर्शनकारीलाई अधिकारीहरूले पक्राउ गरेका छन् ।

अधिकारवादी दुई समूहले दिएको जानकारी अनुसार राष्ट्रपति अब्देल फताह अल सिसिको बहिर्गमनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरूलाई पक्राउ गरिएको हो । दुवै संस्थाले पक्राउ परेकाहरूको एकिन तथ्याङ्क भने फरक फरक दिएका छन् । इजिप्टीयन सेन्टर फर फ्रिडमस् एण्ड राइट्सले एक हजार तीन जना पक्राउ परेको जनाएको छ भने इजिप्टीयन सेन्टर फर इकोनोमिक एण्ड सोसियल राइट्सले एक हजार २ सय ९८ जना पक्राउ परेको उल्लेख गरेको छ ।

कायरो विश्वविद्यालयका राजनीति शास्त्रका प्राध्यापक हाजेम होन्सीलाई मङ्गलबार राति घरबाटै पक्राउ गरिएको छ । उनले निर्वाचनको बेलामा बर्तमान राष्ट्रपतिको विपक्षमा अभिमत राखेका थिए भने अहिले पनि सामाजिक सञ्जाल मार्फत राष्ट्रपतिको आलोचना गर्दै आएका थिए । अरू पनि धेरै पेशा, व्यवसायमा संलग्न तथा बौद्धिक क्षेत्रका व्यक्तिहरूलाई पक्राउ गरिएको ती अधिकारवादी संस्थाहरूले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here