वैदेशिक रोजगारी ठगी मुद्दामा फरार बिमला २ वर्षपछि पक्राउ


६ आश्विन २०७६, सोमबार १६:०२ मा प्रकाशित

काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दामा फरार भएकी एकजना अभियुक्तलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१० की विमला थापालाई सीआईबीको टोलीले आइतबार नयाँ वानेश्वरको थापागाउँबाट पक्राउ गरेको हो । सरिताकुमारी सापकोटाको जाहेरीमा विमलालाई वैदेशिक रोजगार न्यायाधीकरणले २०७४ असार २६ गते एक वर्ष ६ महिना कैद र एक लाख ५० हजार फैसला सुनाएको थियो ।

पक्राउ परेकी विमलालाई सोमबार जिल्ला अदालतमार्फत कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here