अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे


२७ जेष्ठ २०८३, बुधबार १७:४५ मा प्रकाशित


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संसदमा आफूले अव आईन्दा प्रधानमन्त्री बालेन्द्र साहलाई नखोज्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री भन्दा पनि ठूलो मुलुकको समस्या भएकाले अव प्रधानमन्त्रीलाई खोजेर संसदलाई अवरोध गरेर बस्ने पक्षमा आफू नरहेको प्रष्ट्याउनुभएको हो ।

नेता आङ्देम्बेले प्रधानमन्त्री साहलाई संसद नचाहिए पनि देशलाई चाहिएको उल्लेख गर्दै संसदको अमूल्य समय प्रधानमन्त्रीलाई खोजेर खेर फाल्ने पक्षमा आफू नरहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री साह फेरि छापामारा शैलीमा संसदमा आउने हो कि भन्ने डर पनि आफूलाई लागेको बताउनु भयो ।

नेता आङदेम्बेले प्रधानमन्त्री साहले फेरि पनि संसदमा आएर उदण्डता मच्चाउनु होला भन्ने संशय पनि आफूमा रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here