काठमाडौंको यातायात सुधारबारे विस्तृत योजना ल्याउन प्रमको निर्देशन


६ आश्विन २०७६, सोमबार १५:५० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाको यातायात व्यवस्थापन सुधारबारे एकीकृत र विस्तृत योजना ल्याउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज लगानी बोर्डको ४० औँ बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले सोबारे हालसम्म भएका विभिन्न अध्ययन, अवस्था, त्यसका लागि लगानी गर्न इच्छुकहरुको प्रस्ताव सहित सुझाव दिन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले भने, “हामीलाई काठमाडौँ उपत्यकाको यातायात सुव्यवस्थापनमा छिटो काम गर्नुछ, ती कामहरु सबै समयमा योजनाबद्धरुपमा सम्पन्न हुनुपर्छ । मन्त्रालय र निकायले आपसमा समन्वय गर्नुपर्छ । त्यसका लागि प्रतिवेदन प्राप्त वोर्डले थप निर्णय गर्नेछ ।”

बैठकले बाहिरी चक्रपथ परियोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको परियोजना, पश्चिम सेती तथा एसआर ६ संयुक्त जलविद्युत परियोजना, तल्लो अरुण जलविद्युत परियोजना सम्बन्धी विभिन्न निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here