२ वटा स्वचालित पेस्तोल र ग्रिनेडसहित एकजना पक्राउ


६ आश्विन २०७६, सोमबार १३:२९ मा प्रकाशित

काठमाडौं । भोजपुरबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।

भोजपुर नगरपालिका–१० गजुरमुंखी भीर नजिकबाट जिल्ला प्रहरी कार्यालय भोजपुरको प्रहरी टोलीले ट्याम्केमैयुङ गाउँपालिका–५ चालन्तीका ४३ वर्षीय बमबहादुर बिष्टलाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले एउटा प्लाष्टिक हेण्ड ग्रिनेड, २ वटा अटोमेटिक पेस्तोल, २ थान म्याग्जिन, १० राउण्ड गोली, २ वटा मोवाइल, १२ वटा सिमकार्ड र ५ हजार ९७० रुपैयाँ बरामद गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here