अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीलाई अमेरिकी राष्ट्रपति ट्रम्पले गरे स्वागत


६ आश्विन २०७६, सोमबार १३:१५ मा प्रकाशित

काठमाडौँ । अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्वागत गरेका छन् ।

टेक्सासमा बस्दै आएका भारतीय मुलका व्यक्तिहरुलाई सम्बोधन गर्ने ‘हाउडी मोदी’ शीर्षकको कार्यक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले मोदीलाई स्वागत गर्दै आत्मीय व्यवहार प्रदर्शन गरेको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । ५० हजार भन्दा बढी मानिस सहभागी भएको हाउडी मोदी कार्यक्रमलाई राष्ट्रपति ट्रम्पले एउटा ऐतिहासिक कार्यक्रमको संज्ञा दिए । अमेरिकामा कुनै विदेशी नेताका लागि भएको यो कार्यक्रम यसप्रकारको संसारकै ठूलो कार्यक्रमका रुपमा स्थापित भएको अधिकारीहरुले जनाएका छन् । ९० मिनेट चलेको कार्यक्रममा प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ट्रम्प स्टेज चढ्नुअघि करिब ४ सय कलाकारले सामूहिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीप्रति भारतीय मुलका नागरिकले देखाएका आत्मीय र सम्मानपूर्ण व्यवहारले आफू तरंगित भएको अभिव्यक्ति दिए । त्यस्तै मोदीले ट्रम्पलाई आफ्नो एउटा सच्चा साथीको संज्ञा दिँदै, आत्मीय तथा उर्जावान व्यवहारले आफू निकै गौरवान्वित भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here