पाँचथर । दशैँ तिहारमा घरपोत गर्न सिगार्न प्रयोग गरिने रातो माटोले अहिले भाउ पाएपछि फिदिम नगरपालिका वडा नम्बर ४ चारखम्बेका स्थानीय उत्साहित बनेका छन् ।
चाडपर्वको मुखमा रातो माटोले राम्रो भाउ पाएपछि त्यस ठाउँका स्थानीय उत्साहित बनेका हुन् । रातो माटो प्रतिबोरा ६० देखि ८० रुपैयाँसम्म बिक्री हुने गरेको छ । यहाँको रातो माटो छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम, इलाम र झापामा निर्यात हुने गरेको छ । फिदिमको चारखम्बे क्षेत्रबाट वार्षिक ५ लाख रुपैयाँसम्मको माटो बिक्री हुँदै आएको स्थानीय भिम सिुगले बताए ।
माटो दशैं र तिहारमा बढी बिक्री हुने गरेको छ । माटो बिक्री गरेर ३ लाख रुपैयाँ वार्षिक आम्दानी हुने गरेको सिगुले बताए । यस ठाउँका अन्य स्थानीयले पनि यहिँ रातो माटो बिक्री गरेर दशैँ तिहारको लागि खर्च बनाउने स्थानीय कृष्ण खवासले बताए ।





