संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२ मा भालुको आक्रमण बाट एक जना घाइते भएका छन् ।
भालुको आक्रमण बाट मकालु–२ बुङ्गिमका ३४ बर्षीय दावा नुर्बु शेर्पा घाइते भएको संखुवासभाका प्रहरी निरिक्षक सन्तोश राईले जानकारी दिए । आइतबार दिउँसो ४ बजे शेर्पालाई आफ्नै बारीमा घाँस काट्न गएको बेला भालुको आक्रमण बाट घाइते भएको प्रहरी निरिक्षक राईले बताए । भालुको आक्रमण बाट शेर्पाको दाहिने हातको पन्जा, दुवै खुट्टा र शरिरका विभिन्न भागमा चोट लागेको बताइएको छ ।
भालुको आक्रमण बाट घाइते शेर्पाको प्राथमिक स्वास्थ्य चौकी मकालुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना स्थल सदरमुकाम खाँदबारी बाट दुई दिनको पैदलमा पर्दछ ।





