एएफसी यु-१६ च्याम्पियनसिप छनोट : नेपालको सान्तवना जित


६ आश्विन २०७६, सोमबार १२:०८ मा प्रकाशित

काठमाडौँ । जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपाली टिमले श्रीलंकालाई पराजित गर्दै सान्तवना जित निकालेको छ ।

छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंंलाई ३–० ले पराजित गरेको हो । ३६ औं मिनेटमा मोहित गुरुङको गोलबाट अग्रता लिएको नेपालले ६४ औं मिनेटमा अनिल चौलागाईको गोलमार्फत नेपालले अग्रता दोब्बर बनाएको थियो । खेल सकिन एक मिनेट बाँकी रहँदा जान ताम्लीले गोल गर्दै नेपाली टिमले ३–० को अग्रता बनाउन सफल भयो ।

नेपालले प्रतियोगिताका चार खेलमा दुई खेलमा हार र एकमा जित निकाल्यो । जहाँ १५ गोल खाँदा चार गोल गर्‍यो । नेपालले दुई खेलमा फराकिलो हार भोगेको थियो । आयोजक जोर्डनसँगको पहिलो र ताजकिस्तानसँगको तेस्रो खेल समान ७–० ले पराजित भयो । कुवेतसँगको दोस्रो खेलमा नेपालको तुलनात्मक रुपमा राम्रो प्रदर्शनका रुपमा समना १–१ को बराबरी खेलेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here