काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालका केन्द्रिय उपाध्यक्ष राजवंशी चौधरीको निधन भएको छ ।
शनिबार ललितपुरमा आयोजित पार्टीको एक औपचारिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हृदयघात भएपछि उपचारका क्रममा उनको निधन भएको हो कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा हृदयघात भएपछि तत्काल नख्खुस्थित मेडिसिटी अस्पतालमा लगिएको र उपचारका क्रममा चौधरीको मृत्यु भएको राजपाका महासचिव केशव झाले जानकारी दिए ।
चौधरीको दाहसस्कार गृहजिल्ला बारामा गर्ने भएकाले उनको शव बारा लैजाने तयारी भएको झाले जानकारी दिए । ६० वर्षीय चौधरी लामो समयदेखि मुटुको समस्याबाट पिडीत थिए ।





