काठमाडौं । साफ अण्डर एटिन फुटबलमा नेपाल आज भुटानसँग भिड्दैछ ।
हलचोकस्थित एपीएफ मैदानमा दिउँसो ३ बजे सुरु हुने खेलमा नेपाल भुटानविरुद्ध स्पष्ट जितको खोजीमा हुनेछ । भुटानलाई हराउन सके नेपाल सेमिफाईनल पुग्नेछ । बराबरी वा हारको नतिजाले अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बन्नेछ । त्यस्तै भुटान पनि प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दै सुखद सुरुवात गर्ने तयारीमा छ । भुटानलाई समूह ए मा बलियो टोलीको रुपमा हेरिएको छ ।
नेपालले समुह चरणको आफ्नो पहिलो खेलमा माल्दिभ्ससंग १–१ गोलको बराबरी खेलेको थियो । समुह ए मा माल्दिभ्स र नेपालको समान एक–एक अंक छ । त्यस्तै हिजो भएको समूह बी अन्तरगतको खेलमा बंगलादेशले श्रीलंकलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।