अग्रीम टिकट बुकिङ आजदेखि खुला, सात ठाउँमा छ टिकट काट्ने सुविधा


५ आश्विन २०७६, आईतवार ११:४७ मा प्रकाशित

काठमाडौं । दशैं तिहारका लागि आजदेखि अग्रीम टिकट बुकिङ खुला गरिएको छ ।

राजधानीबाट बाहिरिने यात्रुका लागि यातायात व्यवसायी महासंघले आजदेखि सार्वजनिक यातायातको टिकट बुकिङ सुरु गरेको हो । अग्रीम टिकटबारे यसअघि यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र महासंघबीच भएको सहमतिअनुसार नै आजदेखि बुकिङ खुला गरेको हो ।

टिकट बुकिङको सहजताका लागि काठमाडौंमा कोटेश्वर, चावहिल, गौशाला, पुरानो बसपार्क, कलंकी र सुनधारा गरि सात ठाउँमा टिकट काट्ने व्यवस्था गरिएको छ । देशकै राजधानी काठमाडौंमा दशैं तिहारमा झण्डै २५ लाख मानिसहरु बाहिरिने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here