बालकोटको कपडा रिफाइनरी उद्योगमा भीषण आगलागी


५ आश्विन २०७६, आईतवार १०:४० मा प्रकाशित

काठमाडौं । भक्तपुरको सुर्यविनायक नगरपालिका–२ बालकोट स्थित दुर्गा कपडा रिफाइनरी उद्योगको कारखानामा आगलागी भएको छ ।

आइतबार बिहान ५ बजे कोही नभएको अवस्थामा सो कारखानामा आगो सल्केको थियो । स्थानीय दुर्गाप्रसाद चौलागाईंद्वारा सञ्चालित पुराना कपडाबाट रुवा बनाउने सो उद्योगमा आगो सल्किए पछि कारखाना भित्र रहेका ग्यास सिलिन्डर विस्फोट भएर आगोले बिकराल रूप लिएको थियो । जुद्ध वारूण यन्त्रका चारवटा दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासिन्दाको सहयोगमा आगो नियन्त्रणको प्रयास भएको हो ।

आगलागीबाट कारखानामा रहेका मेसिन औजार र सामान जलेर नष्ट भएका छन् । आगलागीबाट करिब ३५–४० लाखको धनमाल क्षति भएको प्रहरीले अनुमान गरेको छ । क्षतिको यकिन बिबरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here