विर्तामोडको पश्चिम स्टेण्डमा बसको ठक्करबाट एकको मृत्यु


२० माघ २०७७, मंगलवार १६:१४ मा प्रकाशित

झापा । बिर्तामोडमा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख १५२० नम्बरको बसले विर्तामोडको पश्चिम बस स्टेण्डमा ठक्कर दिँदा विर्तामोड नगरपालिका ६ का अन्दाजी ३२ वर्षिय सागर मिश्रको मृत्यु भएको हो ।

मिश्रले बाटो काट्नेक्रममा बसले ठक्कर दिएको थियो । उनको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखीएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here