काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण महासभामा सहभागी नहुने भएपछि परराष्ट्रमन्त्री ज्ञवाली न्यूयोर्क जान लागेका हुन् । यसैगरी मन्त्री ज्ञवालीले नेपाल सार्क राष्ट्रको अध्यक्षको हैसियतले सार्क विदेश मन्त्रीहरुको अनौपचारिक वार्ताको अध्यक्षता गर्ने, अल्पविकसित र भूपरिवेष्ठित देशका मन्त्रिस्तरिय बैठकमा सहभागी हुनेछन् ।
मन्त्री ज्ञवालीले महासभालाई असोज १३ मा सम्बोधन गर्ने कार्यक्रम छ भने असोज १४ मा स्वदेश फर्किनेछन् ।





