इजिप्ट । इजिप्टका राष्ट्रपति अब्दुल फातह अल–सिसीको राजीनामा माग गर्दै प्रदर्शन भएको छ ।
सन् २०१४ मा अल–सिसी सत्तामा आए यता भएको यो पहिलो प्रदर्शन हो । सयौँ प्रदर्शनकारी कायरोको तहरिर स्क्वायरमा भेला भएर प्रदर्शन गरेका हुन् । राष्ट्रपति अल–सिसीको सरकारमाथि भ्रष्टाचारको आरोप लागेपछि प्रदर्शन सुरु भएको हो ।
राष्ट्रपति अल–सिसीले मोजमस्तीमा करोडौं खर्च गरेको तर दशौँ लाख नागरिक भने गरिबीमा रहेको भन्दै नाराबाजी गरेका थिए । यता, राष्ट्रपति अल–सिसीले सबै आरोप झुटा रहेको भन्दै त्यसको निन्दा गर्दै आएका छन् ।





