२२ असोज, काठमाडौं । विशेषज्ञ डाक्टर बन्ने लक्ष्य बोकेर मेडिकल कलेजमा भर्ना भएका आवासीय चिकित्सक अहिले ‘प्राध्यापक कहाँ छन्’ भनेर खोजिरहेका छन् ।
वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पीजी पहिलो वर्षमा अध्ययनरत आवासीय चिकित्सकहरूले कलेजले सिट पाउन देखाएको फ्याकल्टी र आफूहरूले प्रत्यक्ष रूपमा देखेको फ्याकल्टीमा ठूलो अन्तर रहेको आरोप लगाएका छन् ।