सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’

४ बैशाख २०८३, शुक्रबार १७:१५ मा प्रकाशित

नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आफू व्यक्तिकेन्द्रित नभई संस्थाको गरिमा उच्च बनाउन केन्द्रित हुने बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाजका पदाधिकारीहरूसँगको भेटमा उहाँले आफू संसदजस्तो गरिमामय संस्थाको नेतृत्व गरिरहेकाले यसको सम्मान र मूल्य–मान्यता जोगाउनु आफ्नो मुख्य जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।

उहाँले आफ्नो तर्फबाट कुनै गल्ती भएमा तुरुन्तै स्वीकार गर्न र माफी माग्न तयार रहेको बताउँदै आफ्ना कमजोरीहरू बेलैमा औंल्याइदिन पत्रकारहरूलाई अनुरोध गर्नुभयो ।

नेपाली जनताले संसदबाट गरेको अपेक्षाभन्दा अझ बढी परिणाम दिन आफू क्रियाशील रहने उहाँको भनाइ छ । सभामुख अर्यालले संसद र संसदीय समितिका गतिविधिलाई व्यवस्थित बनाउन सञ्चारकर्मीहरूको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । संसदको सूचना प्रवाह र प्रश्नोत्तरको शैलीलाई अझ सुसंस्कृत बनाउनुपर्नेमा जोड दिनुभयो । 

नियमावली मस्यौदा समितिमा पत्रकारहरूको जिज्ञासा र पहुँचबारे उहाँले उचित व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनु भयो । विगतका कयौँ नजिरहरू प्रविधि र नयाँ पुस्ताको अपेक्षाअनुसार सुधार्दै लैजानुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । उहाँले संसद सचिवालयका सानातिना समस्यादेखि ठूला नीतिगत विषयसम्म पत्रकारहरूसँग सहकार्य गर्दै अघि बढ्ने स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here