सहकारी वचतकर्ताको पैसा फिर्ता गराउन घनिभुत छलफलमा जुटेका छौँः सहकारी सचिव भुजेल


१९ चैत्र २०८२, बिहीबार १४:३२ मा प्रकाशित

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेल  समस्याग्रस्त सहकारीका वचतकर्ताको पैसा फिर्ता गराउन घनिभुत छलफलमा जुटेको बताउनुभएको छ ।

 
६९ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बिहीवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  सुशासनको कमीदेखि परदर्शीताको अभावका कारण सहकारीमा समस्या आएको बताउँदै भुजेलले अहिले ती सहकारीमा फसेका बचतकर्ताको रकम फिर्ता गराउनेबारे मन्त्रालयले छलफल अघि बढाएको बताउनु भयो ।

सहकारीको मूल्यमान्यताअनुसार चल्नुपर्नेमा केही सहकारीमा विचलन आएको सचिव भुजेलले बताउनु भयो । सचिव भुजेलले सहकारी क्षेत्रको प्रवद्र्धन तथा हाल देखिएका समस्याहरू समाधान गर्न सरोकारवालासँग समन्वय र छलफललाई सुदृढ गर्दै परिणाममुखी ढंगले अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले सहकारी क्षेत्रलाई थप व्यवस्थित र विश्वासिलो बनाउन आवश्यक पहलहरू मन्त्रालयले अघि बढाउने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here