एमाले अध्यक्ष ओलीले आज ३ बजे चुनावी प्रतिवद्धता–पत्र सार्वजनिक गर्ने


५ फाल्गुन २०८२, मंगलवार १३:५७ मा प्रकाशित

झापा । नेकपा एमालेका अध्यक्ष एवं झापा–५ बाट प्रतिनिधिसभा सदस्य उमेदवार केपी शर्मा ओलीले आज चुनावी प्रतिवद्धता–पत्र सार्वजनिक गर्ने भएका छन् । 

निर्वाचन प्रचारका क्रममा रहेका अध्यक्ष ओलीले दिउँसो ३ बजे दमक–९ स्थित अमरसिंह चोकमा प्रतिवद्धता–पत्र सार्वजनिक गर्न लागेका हुन् । 

ओलीको निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार प्रतिवद्धता–पत्रमा अध्यक्ष ओलीले आफू विजयी भएपछि यस क्षेत्रमा गर्ने कामको फेहरिस्त उल्लेख गरिएको छ । 

प्रतिवद्धता–पत्रमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना, एमालेको नेतृत्वमा गठन भएका सरकारले गरेका राम्रा कामको पृष्ठभूमी, सरकारले थालेका तर अपूरा रहेका योजनाहरूको विस्तृत विवरण समेटिएको दाहालले जानकारी दिए । 

अमरसिंह चोकमा आयोजना गरिएको चुनाव प्रचार कार्यक्रममा नै प्रतिवद्धता–पत्र सार्वजनिक गरिने दाहालले जानकारी दिए । अध्यक्ष ओलीले आज दमक–३ स्थित दुम्से, टुकुरेमा प्रचारप्रसारको कार्यक्रम रहेको छ । दमक–८ स्थित संगम चोक, कृष्ण मन्दिर हुँदै दमक १० स्थित सूर्य चोकमा पनि प्रचारप्रसारको कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here