छुटेका भूभाग नक्शामा समावेश गर्‍यौँ तर उपभोग गर्न सकेका छैनौँः एमाले सांसद भट्टराई


२९ माघ २०८२, बुधबार १४:५१ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका सांसद नेपालको नक्शामा छुटेका भूमी लिपुलेक, कालापनी र लिम्पियाधुरालाई नेपालको नक्शामा समावेश गर्न सफल भएपनि उपभोग गर्न नपाएको बताउनुभएको छ । 


बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा बिदाई सम्बोधन गर्नुहुँदै उहाँले सुदूरपश्चिमको सीमावर्ती भूभागलाई नेपालको नक्शामा समावेश गरी संविधानमा व्यवस्था गरिएको निर्णयलाई ऐतिहासिक अवसरका रूपमा लिएको बताउनु भयो ।

नेकपा एमाले राष्ट्रिय सभाको प्रमुख सचेतक समेत रहनुभएका उहाँले उक्त निर्णयमा हस्ताक्षर गर्ने क्षणलाई आफ्नो राजनीतिक जीवनकै महत्वपूर्ण क्षणका रूपमा स्मरण गर्नुभयो । भट्टराईकाअनुसार संविधान संशोधनमार्फत समेटिएको सो भूभाग हालसम्म पनि व्यवहारिक रूपमा उपभोग गर्न सकिएको छैन ।

उहाँले निरन्तरको राजनीतिक अस्थिरताका कारण कुटनीतिक पहल प्रभावकारी हुन नसक्दा गुमेको भूमी फिर्ता ल्याउन समस्या भएको बताउनु भयो । राजनीतिक अस्थिरताले गर्दा कानुनहरु बन्ने गरेपनि कार्यान्वयनमा समस्या भएको अनुभुति भएको उहाँको भनाई छ ।

उहाँले राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन आवश्यक भएको बताउनु भयो । देशको दीर्घकालीन हित र राष्ट्रिय स्वाभिमानको संरक्षणका लागि स्थिर राजनीतिक वातावरण अपरिहार्य रहेको उहाँको भनाइ छ ।

उहाँले राष्ट्रिय सभाको कारण नै नेपालको संविधान जीवित रहेको उल्लेख गर्नुभयो । नेपालको संविधानलाई केही तत्वहरुले फाल्न खोजेको उल्लेख गर्नुहुँदै उहाँले राष्ट्रिय सभाको कारण असफल भएको बताउनु भयो । उहाँले संविधान र संघीयताको सफल कार्यान्वयनको लागि राष्ट्रिय सभाले महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here